About Us

About Ramailo Multiple Campus

Ramailo Multiple Campus पृष्ठभूमि यो क्याम्पस नेपालको कोशी प्रदेश मोरङ जिल्लाको मध्य भागमा पर्ने पूर्व-पश्चिम लोकमार्गको कानेपोखरी देखि ५ कि.मी. दक्षिण साविक केरौन र वयरवन गा.वि.स. हाल कानेपोखरी गा.पा. वडा न. ५ को मध्य भागमा अवस्थित जनस्तरबाट संचालित एक गैर नाफामूलक एक सामुदायिक क्याम्पस हो । ग्रामिण क्षेत्रका गरीब किसान, आदिवासी, जनजाती, मधेसी र विपन्न वर्गमा शिक्षाको पहुँच पुयाउन शिक्षाको विकास गर्नका लागि कम शुल्कमा सेवा पु-याउने उदेश्य राखि यस क्षेत्रका जनताको सहयोगवाट स्थापना भएको एक सेवामुखी क्याम्पस हो । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी वि.स. २०४८ साल देखि प्रविणता प्रमाण पत्र तहको (IA) कक्षा संचालन भएको हो । तत्कालिन जनसेवा मा.वि. को भवनमा स्थापना गरी पठन पाठन शुरू गरीएको थियो। जनसेवा मा. वि. रमाइलो को विद्यालयमा संचालन सुरू भएको हुनाले यसलाई त्यहि रमाइलो बजारको नाममा रमाइलो क्याम्पस नामाकरण भएको हो । वि. सं. २०५६ साल देखि त्रिभुवन विश्वविद्यालय वाट सम्वन्धन प्राप्त गरी BA कक्षा संचालन गरियो र वि. स. २०६४ सालमा IA प्रमाण पत्र तह Phase Out गरी BBs कक्षाको स्वीकृति प्राप्त गरी संचालन गरिएको हो । त्यस पछाडी यस क्याम्पसको नाम रमाइलो बहुमुखी क्याम्पस राखिएको हो । यस क्याम्पसमा हाल कक्षा-११, १२, BA. र BBs का कसाहरु संचालनमा रहेका छन् । सबै कक्षा विद्वान विहान ६.०० देखि १०.३० बजेसम्म संचालन हुदै आएको छ । गरीब तथा जेहेन्दार विद्यार्थी छनोट गरी क्याम्पसको श्रोत र साधनले भ्याए सम्म छात्र वृति प्रदान गरिएको छ। शैक्षिक गुणस्तर वृद्धि गर्न हरेक विषयको आन्तरिक ल्याकत परीक्षा संचालन गरिदै आएको छ। जसवाट शैक्षिक गुणस्तर सुधारमा टेवा पुगेको छ। कानेपोखरी गा.पा. को एकमात्र गहनाको रूपमा रहेकाले गा.पा.का प्रत्येक वडा बाट स्नातक तहमा अध्ययन गर्ने छात्रछात्रा हरूलार्इ केही रकम नगद छात्रवृति प्रदान गर्ने कार्यक्रम शुरु भएको छ। स्थानिय आवश्यकता लाई ध्यानमा राखि ग्रामीण क्षेत्रका गरीब विपन्न वर्गको हितलाई मध्यनजर गरेर जनताको सुझाव सल्लाह अनुसार कक्षा-११, १२ र BA. BBS का कक्षाहरूको अध्ययन अध्यापन भइहरहेको छ। क्याम्पसको आफ्नै स्वामित्वमा रहेको १ विगाहा ७ कठ्ठा २ धुर जग्गा मा २ कट्ठा ११ धुर जग्गा २०७५/७६ मा खरीद गरी जम्मा जग्गा १ विगादा ९ कठ्ठा १३ धुर जग्गा रहेको छ। जस‌मा विश्व विद्यालय अनुदान आयोगवाट प्राप्त ३६ लाख रूपयाले दुई तले पक्की भवन ५२x२६ को निर्माण भएको छ। तत्कालिन जिविस को अनुदानमा २ वटा पक्की एक तले २५x२० भवन निर्माण भएको छ। त्यस्तै स्थानीय जनता, बुद्धिजिवी, व्यापारी हरूको जनश्रमदान र सहयोग वाट २०५२/५३ सालमा इटाको वाल टिनको छानो भएको L आकारको लामो भवन निर्माण भएको थियो सो समेत १ कोठा कार्यालय र १३ कोठा भएको ३ वटा भवनहरू छन् जस‌मा अध्ययन अध्यापन भइ रहेको छ। क्याम्पसमा प्रविधि शिक्षामा शिक्षाको पहुँच पु-याउन वि. वि. अनुदान आयोगवाट ०७४/०७५ मा Equipment अनुदान रु ४००,०००/- (चार लाख) प्राप्त गरी डेक्सटप, ल्यापटप खरीद गरीयो र पछाडी शिक्षा विकास निर्दशनालय धनकुटा बाट अनुदान प्राप्त गरी जम्मा १० थान डेक्सटप, १ थान ल्यापटप र १ थान प्रिन्टर संचालन मा छन जसवाट Computer ल्याब सञ्चालनमा आएको छ। शे. सत्र ०७५/०७६ मा विश्व विद्यालयअनुदान आयोग वाट रू१०००००/-(एक लाख) पुस्तक अनुदान प्राप्त गरी स्नातक तहको पुस्तक खरीद गरीयो जसवाट विद्यार्थीहरू लाभान्वित भएका छन्। शै. सत्र २०७७/०७८ मा प्रदेश-१ को साँसद कोष निर्माण अनुदान रु १० लाख प्राप्त गरी जि.वि. स, भवनको माथिल्लो तलामा पक्की बाल र ट्रस को कोठा निर्माण गरी पुस्तकालय संचालनमा रहेको छ । यस क्याम्पस‌लाई विश्व विध्यालय अनुदान आयोगवाट प्राप्त नियमित तथा भौतिक अनुदानले महत्वपूर्ण योगदान पुगेको छ। प्राप्त नियमित अनुदानवाट शिक्षकहरू लाई पारिश्रमिक का साथै क्याम्पसको प्रशासनिक खर्च र अन्य विविध खर्चको निम्ति ठूलो टेवा पुगेको छ। साथै प्रत्येक वर्ष कानेपोखरी गा.पा ले केहिरकम नियमित निशर्त अनुदान दिन थालेको छ। कोशी प्रदेश सामाजिक विकास मन्त्रालयवाट पनि कहिलेकाहीँ केहि रकम अनुदान प्राप्त हुने गर्दछ। क्याम्पसका आन्दानीका मुख्य श्रोतहरुमा विध्यार्थीबाट प्राप्त शुल्क, विश्व विद्यालयअनुदान आयोगबाट नियमित अनुदान, कोशी प्रदेश, र कानेपोखरी गा.पा. निशर्त अनुदानहरू आम्दानीका मुख्य श्रोतहरु रहेका छन्। छात्रवृत्ति को लागि चन्दादाता बाट रु ११ लाखको छात्रवृति अक्षय कोष स्थापना भएको छ जसवाट १९ विधामा रु ५०००/-का दरले छात्रवृति पुरस्कार प्रदान गर्न प्रत्येक वर्ष रु १ लाख व्याज प्राप्त हुने गर्दछ। यो एउटा नियमित श्रोत रहेको छ।साथै आ. व. २०७९/०८मा प्रदेश सरकार सांसदकोषको सहयोगमा २कोठे भवन क्याम्पस कार्यालयको पछाडी पट्टी निर्माण गरी त्यहाँ मानविकी संकाय स्नातक तह तेश्रो वर्षको पठनपाठन भइरहेको छ । यस क्याम्पसले महत्वपुर्ण नयाँ निर्णय लिनु पूर्व क्याम्पस संचालक समिति को बैठक, स्टाफ मिटिङ र बुद्धि जिवी, परीषद सदस्यहरुको भावना र सल्लाह अनुसार निर्णय गरी क्याम्पसको आर्थिक, शैक्षिक भौतिक क्रियाकलापलाई सुधार गर्दै क्याम्पसलाई सामाजिकीकरण गरिदै आएको छ।